७ बैशाख २०८१, शुक्रबार

महान शहीदहरूका कारण स्वतन्त्रताको हक उपभोग गर्न पाएका छौं : महामन्त्री थापा


गगन थापा File Photo

काठमाडौं । सत्तारुढ दल नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले महान शहीदहरूका कारण आज स्वतन्त्रताको हक उपभोग गर्न पाएको बताएका छन् । महामन्त्री थापाले सामाजिक सञ्जाल ट्वीटरमा एक स्टाटस लेख्दै यस्तो बताएका हुन्।

थापाले लेखेका छन्, “हामीले जुन स्वतन्त्रताको हक उपभोग गरेका छौँ यो सजिलै र स्वतःप्राप्त भएको होइन।ती शहीद जसका कारण आज यो स्वतन्त्रता सम्भव भएको छ।जोसंग बाँच्नका लागि अनेकन सहज बाटा थिए तर हाम्रो स्वतन्त्रताका निम्ति कठिन बाटो रोजे र जीवन उत्सर्ग गर्न तयार भए ती महान् शहीदहरूमा हार्दिक श्रद्धाञ्जली!”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !