हामीले सामूहिक राजीनामा दिने भन्ने खबर भ्रामक र गलत : प्रभु साह Nepalpatra हामीले सामूहिक राजीनामा दिने भन्ने खबर भ्रामक र गलत : प्रभु साह
७ जेष्ठ २०७९, शनिबार

हामीले सामूहिक राजीनामा दिने भन्ने खबर भ्रामक र गलत : प्रभु साह


प्रभु साह

रौतहट । माओबादी केन्द्रका पुर्व नेता तथा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले प्रतिक्रियावादीको कुनै पनि षडयन्त्रले एमालेलाई कमजोर बनाउन नसक्ने बताएका छन् ।

शुक्रबार रौतहटमा एमाले नगर कमिटीद्वारा आयोजित अगुवा भेलालाई सम्बोधन गर्दै नेता साहले एमालेको लोकप्रियतासँग डराएर नै पाँच दलीय गठबन्धनले पद रिक्त रहेका कतिपय स्थानमा उपनिर्वाचन नगराएको आरोप लगाए ।

नेता साहले नेकपा माओवादी केन्द्रबाट एमालेमा गएका नेताहरुले सामूहिक राजीनामा दिने भन्ने आशयको खबर भ्रामक र गलत रहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !