७ बैशाख २०८१, शुक्रबार

सत्ता गठबन्धनको बैठक भोलि बोलाउने निर्णय


सत्ता गठबन्धनको बैठक

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष तीन नेताहरुबीच भेटघाट भएको छ । आज शुक्रबार बिहान प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो ।

शीर्ष नेतारहरुवीच आज भएको भेटवार्तामा आगामी निर्वाचनका विषयमा छलफल हुनुका साथै भोलि सत्ता गठबन्धनको बैठक बोलाउने निर्णय भएको छ । आजको बैठकमा मंगलबार सम्पन्न राष्ट्रियसभा निर्वाचनको समीक्षा गर्नुका साथै स्थानीय तहको निर्वाचन र कानूनी समस्याका विषयमा छलफल भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !