८ बैशाख २०८१, शनिबार

राष्ट्रियसभा निर्वाचन : शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न


राष्ट्रियसभा निर्वाचन df]/ª, !@ df3M dtbfg ub}{ d’VodGqL /fO{ k|b]z g+ ! sf d’VodGqL /fh]Gb|s’df/ /fO{ a’waf/ /fli6«o;ef ;b:osf nflu afnL ;+/If0f k|of]uzfnf lj/f6gu/–!)l:yt s]Gb|df ePsf] lgjf{rgdf dtbfg ub}{ . tl:a/M dgf]h bfxfn ÷/f;;

काठमाडौँ । राष्ट्रियसभा सदस्यको १९ रिक्त पदका लागि आज भएको मतदान शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माका अनुसार निर्वाचनमा दुई हजार सात मत खसेको छ ।

देशका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान भएको हो । निर्वाचन सकिएलगत्तै कतिपय प्रदेशमा मत गणनासमेत सुरु भएको छ ।

आगामी फागुन २० गते नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिने भएकाले ती रिक्त स्थानका लागि निर्वाचन भएको हो । सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार निर्वाचन प्रतिस्पर्धामा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !