१२ बैशाख २०८१, बुधबार

एमालेले निर्वाचनलाई राजनीतिक विषय बनाएर जनतामा भ्रम सिर्जना गर्‍यो : मन्त्री कार्की


ज्ञानेन्द्र बहादुर कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आवधिक निर्वाचन गर्ने विषयमा सरकार जानकार रहेको बताएका छन् । नेपाल सरकारका प्रवक्तासमेत् रहेका कार्कीले स्थानीय तह निर्वाचन ऐन र संविधानको धारा बाझिएको भन्दै त्यसलाई संशोधन गर्ने विषयमा छलफल भइरहेको बताए ।

बुधबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री कार्कीले नेकपा एमालेले निर्वाचन जस्तो राष्ट्रिय मुद्दालाई राजनीतिक विषय बनाएर जनतामा भ्रम सिर्जना गरेको भन्दै त्यसो नगर्न आग्रह गरे ।

“आवधिक निर्वाचनको सिद्धान्त र महत्त्वको विषयमा सरकार पूर्ण रूपमा विज्ञ छ, संविधानको सीमाभित्रै रहेर तीन तहको निर्वाचन हुन्छ,” मन्त्री कार्कीले भने ।

मन्त्री कार्कीले एमालेले लामो समयदेखि संसद् सञ्चालनमा अवरोध गरेका कारण संसद्भित्र चुनावसम्बन्धी बहस गर्न नपाएको बताए । संसद् सञ्चालन हुन नसक्दा धेरै विधेयकहरू अड्किएको उनले उल्लेख गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !