१३ बैशाख २०८१, बिहिबार

फास्ट ट्रयाकबाट नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्री पौडेलको निर्देशन


देवेन्द्र पौडेल

काठमाडौं । शिक्षामन्त्री देवेन्द्र पौडेलले नतिजा प्रकाशनमा ढिलो नगर्न त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिएका छन् ।

मन्त्री पौडेलले यो अथवा त्यो बाहना नगरी समयमै विद्यार्थीको नतिजा निकाल्न निर्देशन दिए । मन्त्री पौडेल मंगलबार अनुगमन गर्न परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेका थिए।

कतिपय खुलेका आयोगमा परीक्षा दिन पाएनौं भन्ने विद्यार्थीको गुनासो भएको र नतिजा प्रकाशन नहुँदा विद्यार्थी त्यो अवसरबाट वञ्चित हुने अवस्था आएको भन्दै फास्ट ट्रयाकबाट नतिजा निकाल्न मन्त्री पौडेलले निर्देशन दिएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !