७ बैशाख २०८१, शुक्रबार

सरकार एमालेविरुद्ध षड्यन्त्र गर्नमा केन्द्रित रहेको बोहराको आरोप


अमृतकुमार बोहरा

काठमाडौं । नेकपा एमालेका नेता अमृत बोहराले सरकार जनतालाई राहत सुविधा दिनुभन्दा एमालेविरुद्ध षड्यन्त्रमा केन्द्रित रहेको बताएका छन् । नेता बोहराले मंगलबार एक विज्ञप्ति जारी गर्दै गठबन्धन सरकार राष्ट्र र जनताको सरोकारका सवालमा अनुत्तरदायी रहेको बताएका हुन् ।

उनले विज्ञप्तिमा भनेका छन्, “राज्यका सबै अङ्गहरू प्रायः अस्तव्यस्त छन् । आम जनता महँगीको चर्को मार खेप्न बाध्य छन् । कोरोनाको खोपसम्म राम्ररी दिन सकेको छैन । खोपमा अपचलन भएका कुराहरू आइरहेका छन् । औषधीको नाममा सिटामोलजस्तो सामान्य औषधी समेत नागरिकले राम्ररी पाउन सक्दैनन्। सरकार जनतालाई राहत सुविधा दिनुभन्दा नेकपा (एमाले) विरुद्ध षड्यन्त्रमा केन्द्रित छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !