१३ बैशाख २०८१, बिहिबार

राप्रपाको निर्णय : प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान प्रक्रियामा सहभागी नहुने


राजेन्द्र लिङ्देन फाइल फोटो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार बसेको केन्द्रीय पदाधिकारीहरूको बैठकले १ बाहेक अन्य प्रदेशमा मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको एक नेताले जानकारी दिए ।

बैठकले प्रदेश नंं १ मा पार्टीका उम्मेदवारहरू अम्बर बहादुर बिष्ट र रञ्जु प्याकुरेलको पक्षमा मतदान गर्न पार्टीका मतदातालाई निर्देशन दिएको छ । तर, अन्य प्रदेशहरूमा पार्टीको उम्मेदवार नभएकोले मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिने निर्णय भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !