८ बैशाख २०८१, शनिबार

पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता भोलि खारेज हुँदै


बतासले होटल चलाएको पशुपति धर्मशालाको पर्यटनमन्त्री आलेद्वारा निरीक्षण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता भोलि खारेज हुने बताएका छन् ।

मन्त्री आलेले छानबिन समितिले सिफारिस गरेअनुसार उक्त सम्झौता भोलि खारेज हुने बताएका हुन् । भोलि पशुपति क्षेत्र विकासको बैठक बस्ने र सोही बैठकले बताससँगको सम्झौता खारेजी गर्ने बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !