८ बैशाख २०८१, शनिबार

चुनावको मुद्दालाई दलीय स्वार्थबाट नहेरौं : डा. भट्टराई


डा. बाबुराम भट्टराई

काठमाडौं । समाजवादी पार्टी नेपालका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले चुनावको मुद्दालाई दलीय स्वार्थबाट नहेरौं भन्दै आग्रह गरेका छन् ।

पुर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले मुख्य मुद्दा स्थानीय तहका कार्यकाल वैशाख/जेठ,असार र असोजमा पूरा हुने र प्रदेशको पुस/माघ र संघको फागुनमा हुने भएकाले प्रत्येक ५ बर्ष १० महिनासम्म चुनावमा अल्झिनु समय र खर्चको हिसाबले कति उपयुक्त होला ? भन्दै प्रश्न गरेका छन्।

उनले सामाजिक संजालमा लेखेका छन्, “चुनावको मुद्दालाई दलीय स्वार्थबाट नहेरौं।मुख्य मुद्दा यो हो:३ चरणका स्थानीय तहका कार्यकाल वैशाख/जेठ,असार र असोजमा पूरा हुने र प्रदेशको पुस/माघ र संघको फागुनमा हुने भएकाले प्रत्येक५बर्ष१०महिनासम्म चुनावमा अल्झिनु समय र खर्चको हिसाबले कति उपयुक्त होला?विरालो बाॅधेर श्राद्ध गरिरहने?”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !