७ बैशाख २०८१, शुक्रबार

मन्त्री रेणु यादवले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिनुपर्छ : पद्मा अर्याल


रेणु यादव

काठमाडौं । नेकपा एमालेकी नेतृ पद्मा अर्यालले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको राजीनामा मागेकी छन्। नेतृ अर्यालले पदिय मर्यादाको ख्याल नराखी हिंसात्मक अराजक अभिब्यक्ति दिने मन्त्री यादवले नैतिकताको आधारमा तुरुन्तै राजिनामा दिनुपर्ने बताएकी छन् ।

मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) को नाम लिएर राउतलाई गौर हत्याकाण्ड जसरी नै घेरा हाली ज्यान लिने धम्की दिएकी थिइन्।

अर्यालले सामाजिक संजालमा लेखेकी छन् “पदिय मर्यादाको ख्याल नराखी हिंसात्मक अराजक अभिब्यक्ति दिने मंत्री रेणु यादवले नैतिकताको आधारमा तुरुन्तै राजिनामा दिनु पर्छ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !