७ बैशाख २०८१, शुक्रबार

संविधानअनुसार समयमै स्थानीय तहको निर्वाचन हुन्छ : महामन्त्री थापा


गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानअनुसार समयमै स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।

जनप्रतिनिधिको रिक्तता संविधानमा कल्पना नगरिएको उल्लेख गर्दै उनले स्थानीय तह रिक्त हुने निर्णय गरिएमा त्यो असंवैधानिक हुने बताएका हुन् । महामन्त्री थापा भने सरकारले गर्ने हरेक निर्णय संवैधानिक हुनुपर्ने बताउँछन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, “हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पनानै गरेको छैन।अत:निर्वाचनबारे कुनैपनि निर्णयगर्दा स्थानीय तह रिक्त हुनपुग्छ भने त्यो असंवैधानिक नै हुन्छ।कांग्रेस प्रष्ट छ-असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यो सरकारका हरेक निर्णय संविधानको कसिमा सही हुनैपर्छ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !