धनुषा । प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम प्रस्तावका लागि मतदान सुरु भएको छ ।
सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यहरु परमेश्वर साह, रविन्द्र बैठा, उपेन्द्र प्रसाद कुशवाहा, शारदा देवी र भरतप्रसाद साहले संयुक्त रुपमा प्रस्ताव पेश भएको जनकपुरधाममा मतदान सुरु भएको हो ।