१३ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने


प्रधानमन्त्री शेरबहादुर देउवा फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । सरकारको ६ महिना पूरा भएको अवसरमा प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

यस अवधिमा जनताका लागि गरेका काम र आगामी योजनाका विषयमा देउवाले जानकारी दिने तयारी गरेका हुन् । सरकारले पुस २९ गते ६ महिना पूरा गरेको थियो ।

प्रधानमन्त्री निकट स्रोतले सरकारका उपलब्धि, पारिस्थितिक र चुनौतीका बारेमा सम्बोधन हुन लागेको भए पनि समय र मितिबारे भने टुंगो लागि सकेको छैन । यद्यपि प्रधानमन्त्री देउवाले आजै सोमबार वा अर्को दिन सम्बोधन गर्न सक्ने बालुवाटार स्रोतले बतायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !