८ बैशाख २०८१, शनिबार

नेपाली भू-भागमा एकपक्षीय सडक निर्माण र विस्तार रोक्न भारतलाई आग्रह गर्ने


ज्ञानेन्द्रबहादुर कार्की

काठमाडौं । आज बसेको मन्त्रिपरिषद बैठकले नेपाली भूभागमा एकपक्षीय सडक निर्माण र विस्तार रोक्न भारतलाई आग्रह गर्ने निर्णय गरेको छ । लिपुलेक क्षेत्रमा सडक विस्तार भइरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको वक्तव्यबारे सरकारको मौनताबारे प्रश्न उठेको थियो ।

आइतबार सरकारको धारणा सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको बताएका छन् । साथै नेपाली भूभाग भएर जाने कुनै किसिमको एकपक्षीय सडक निर्माण र विस्तार रोक्न भारतलाई आग्रह गर्दै आएको उनले बताए ।

त्यस्तैगरी आज बसेको सो बैठकले माघ १५ गतेसम्म सिनेमा हाल र जिम हाल बन्द गर्ने निर्णय गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !