६ बैशाख २०८१, बिहिबार

पशुपतिको धर्मशाला सेभेन स्टार जस्तो रहेछ, म ‘सक्ड’ भएँ : मन्त्री आले


बतासले होटल चलाएको पशुपति धर्मशालाको पर्यटनमन्त्री आलेद्वारा निरीक्षण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पशुपति धर्मशालाको निरीक्षण गरेका छन् । धर्मशाला निरीक्षण गरेपछि मन्त्री आलेले पत्रकारहरूसँग कुरा गर्दै धर्मशाला त सेभेन स्टार होटलकै सेरोफेरो जस्तो भन्दै आफू चकित परेको बताए।

मन्त्री आलेलेले भने, “यो धर्मशाला त यसो हेर्दा आलिसान होटलजस्तो छ। एकै रूमको ११ हजारसम्म शुल्क लाग्ने गरी दिइएको रहेछ । धर्मशालाजस्तो रूप नभएर यो आधुनिक, सेभेन स्टार होटलजस्तो छ।’

पशुपति क्षेत्र विकास कोषका सम्पत्तिमाथि कहाँ के भइरहेको छ भन्नेबारे छानबिन समितिले काम गरिरहेको मन्त्री आलेले बताए । यो धर्मशाला बतास अर्गनाइजेशनले भाडामा लिएर सञ्चालन गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !