१२ बैशाख २०८१, बुधबार

पुल्चोकमा रहेको मन्त्री निवासमा पार्क बनाउने तयारी रहेको मन्त्री झाँक्रीको दावी


रामकुमारी झाक्री File Photo

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पुल्चोकमा रहेको मन्त्री निवासमा पार्क बनाउने तयारी गरेको बताएकी छन् । मन्त्री झाँक्रीले भैंसेपाटीमा निर्माणाधीन मन्त्री निवासले पूर्णता पाएपछि पुल्चोकमा पार्क बनाउने सरकारले योजना बनाएको बताइन् ।

पुल्चोकको मन्त्री निवास र त्यस वरपरका सरकारी कार्यालयलाई मिलाएर संरक्षण सहितको खुला ठाउँ बनाइने मन्त्री झाक्रीले बताइन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !