निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठक आज बस्दै Nepalpatra निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठक आज बस्दै
१४ माघ २०७८, शुक्रबार

निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठक आज बस्दै


आयोगलाई निर्वाचन प्रक्रिया निरन्तर अगाडि बढाउन प्रधानमन्त्रीले गरे छलफल फाइल फोटो

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका राजनीतिक दलसँग आज शुक्रबार परामर्श गर्दैछ । सर्वदलीय बैठक आज बिहान साढे ११ बजे आयोगको कार्यालय कान्तिपथमा बस्न लागेको हो ।

आगामी माघ १२ गतेका लागि निर्धारण गरिएको राष्ट्रियसभा निर्वाचनका साथै स्थानीय तहको आगामी निर्वाचनका सन्दर्भमा छलफल गर्न आयोगले सर्वदलीय बैठक आह्वान गरेको हो ।

सम्बन्धित राजनीतिक दलका अध्यक्ष वा राजनीतिक दलले सम्पर्कका निम्ति आयोगलाई उपलब्ध गराएका व्यक्तिलाई बैठकमा उपस्थित हुन पत्राचार गरिएको छ । प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरूको उपस्थितिमा सर्वदलीय बैठक बस्न लागेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !