४ बैशाख २०८१, मंगलबार

भीम रावलको प्रश्न : ललिता निवाससम्बन्धि मुद्दा प्रहरीलाई नै किन फिर्ता ?


भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रहरीले अनुसन्धान पूरा गरिसकेर सरकारी वकिललाई बुझाएको बालुवाटार,ललिता निवाससम्बन्धि मुद्दा प्रहरीलाई नै फिर्ता गर्नुको पछि कतै मुद्दा फासफुस गर्ने चाल त छैन ? भन्दै प्रश्न गरेका छन् ।

नेता रावलले सामाजिक संजालमा एक स्टाटस लेख्दै यस्तो प्रश्न गरेका हुन् । उनले अनुसन्धान नपुगेको भन्ने सरकार र सरकारी वकिलले के-के मा नपुगेको हो, खुलस्त गर्नुपर्ने बताएका छन् ।

उनले लेखेका छन्, “प्रहरीले अनुसन्धान पूरा गरिसकेर सरकारी वकिललाई बुझाएको बालुवाटार,ललिता निवाससम्बन्धि मुद्दा प्रहरीलाई नै फिर्ता गर्नुको पछि कतै मुद्दा फासफुस गर्ने चाल त छैन? अनुसन्धान नपुगेको भन्ने सरकार र सरकारी वकिलले के के मा नपुगेको हो,खुलस्त गर्नुपर्छ।अन्यथा, सरकार अपराधको मतियार ठहरिन्छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !