कोरोना नियन्त्रणका लागि सरकारले सबै संयन्त्र परिचालन गरिसकेको मन्त्री कार्कीको दावी Nepalpatra कोरोना नियन्त्रणका लागि सरकारले सबै संयन्त्र परिचालन गरिसकेको मन्त्री कार्कीको दावी
१४ माघ २०७८, शुक्रबार

कोरोना नियन्त्रणका लागि सरकारले सबै संयन्त्र परिचालन गरिसकेको मन्त्री कार्कीको दावी


ज्ञानेन्द्र बहादुर कार्की फाइल फोटो

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रणका लागि सरकारले सरकारले सबै संयन्त्र परिचालन गरिसकेको बताएका छन् ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले नागरिकको जीवन रक्षाप्रति सरकार संवेदनशील रहेको बताए । मन्त्री कार्कीले नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिवद्ध रहेको र खोप अभियान तीब्र गतिमा अगाडि बढेको बताए । मन्त्री कार्कीले कोरोना संक्रमणबाट जोगिन स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !