१२ बैशाख २०८१, बुधबार

राष्ट्रिय जनमोर्चाको सातै प्रदेशको प्रदेश सम्मेलन स्थगित


चित्रबहादुर केसी फाइल फोटो

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सातै प्रदेशको प्रदेश सम्मेलन २२ दिन पछि सारेका छन् ।

कोरोनाको नयाँ भेरियन्टको बढ्दो संक्रमण र कतिपय आवश्यक तयारी अभावमा जनमोर्चाले आगामी माघ १५ र १६ गतेलाई तय गरेको सातै प्रदेशको प्रदेश सम्मेलन २२ दिन पछि सारेको हो ।

अध्यक्ष केसीले बिहीबार विज्ञप्ति जारी गर्दै माघ १५ र १६ गतेलाई तय भएका प्रदेश सम्मेलन आगामी फागुन ६ र ७ गते गर्नेगरी सारिएको जानकारी गराएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !