११ बैशाख २०८१, मंगलबार

एमाले अछाम अध्यक्षमा ओली निकट बोहोरा विजयी


एमाले

अछाम । नेकपा एमाले अछामको अध्यक्षमा केपी शर्मा ओली निकट चन्द्रबहादुर बोहरा वियजी भएका छन् । भीम रावल निकट नेपक्षीय उम्मेदवार प्रकाशबहादुरलाई हराउँदै अध्यक्षमा विजयी भएका हुन् ।
बोहोराले ४३१ मत ल्याउँदा शाहले ३०७ मत प्राप्त गरे । बोहरा र शाहले प्यानलै बनाएर निर्वाचनमा होमिएका थिए।

उपाध्यक्षमा शाह प्यानलका बलबहादुर कुँवर विजयी भएका छन्। सचिवमा पनि शाह पक्षकै भीमबहादुर रावल विजयी भए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !