१३ बैशाख २०८१, बिहिबार

एमाले कास्कीको अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित


मनबहादुर गुरुङ

पोखरा । नेकपा (एमाले) कास्की जिल्ला कमिटी अध्यक्षमा मनबहादुर गुरुङ निर्वाचित भएका छन् । प्रतिस्पर्धी दामोदर बैरागीलाई ४९ मतान्तरले पराजित गर्दै गुरुङ निर्वाचित भएका हुन् ।

निर्वाचन समितिका अनुसार बिसीले ४५६ र शर्माले ४०७ मत प्राप्त गरे । उपाध्यक्षमा तेजनारायण अधिकारी, सचिवमा बैनबहादुर क्षेत्री, उपसचिवमा दर्शन लामा र नवराज ओझा विजयी भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

अध्यक्षमा विजयी भएका नेता गुरुङलाई नेकपा एमालेका केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङको समर्थन रहेको थियो भने पराजित बैरागीलाई एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीको समर्थन रहेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !