८ बैशाख २०८१, शनिबार

एमाले बाजुराको अध्यक्षमा कालीबहादुर शाही निर्विरोध निर्वाचित


कालीबहादुर शाही

मार्तडी । नेकपा (एमाले) बाजुराको अध्यक्षमा पुनः कालीबहादुर शाही निर्विरोध निर्वाचित भएका छन् ।

एमालेको सातौँ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा भरतबहादुर बुढा, सचिवमा भरतबहादुर थापा, उपसचिवमा जनककुमार बोहरा र हरिबहादुर रोकाया निर्विरोध चयन भएको निर्वाचन कमिटीका प्रमुख दिलीपबहादुर शाहीले जानकारी दिए ।

एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाको संयोजकत्वमा बनेको अध्यक्षमण्डलले सर्वसम्मत जिल्ला कमिटी छनोट गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !