१३ बैशाख २०८१, बिहिबार

एमाले लमजुङको अध्यक्षमा अधिकारी निर्विरोध निर्वाचित


कृष्णप्राद अधिकारी

लमजुङ । नेकपा (एमाले) लमजुङको अध्यक्षमा कृष्णप्राद अधिकारी निर्विरोध निर्वाचित भएका छन् । एमालेको एमालेको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा अधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।

त्यस्तै उपाध्यक्षमा यशोदा रिमाल, सचिवमा सुभाष पौडेल सर्वसम्मतरूपमा निर्वाचित भएका छन् । त्यस्तै उपसचिवमा भने चार जनाबीच प्रतिस्पर्धा भएपछि सोमबार मतदान गर्दा जनकराज मिश्र र जीतबहादुर गुरुङ निर्वाचित भएका छन् ।

अध्यक्ष, उपाध्यक्ष, सचिवबाहेकका अन्य पद उपसचिव, भूगोलतर्फका सदस्य, खुला सदस्य र सुन्दरबजार पालिका भूगोल सदस्य पदका लागि निर्वाचन भएको थियो । नवनिर्वाचित अध्यक्ष अधिकारीको नेतृतवमा ९५ सदस्यीय सदस्य कमिटी बनेको छ । निर्वाचित सबै पदाधिकारी तथा सदस्यले सोमबार राति नै शपथग्रहण गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !