६ बैशाख २०८१, बिहिबार

लिपुलेकमा भारतले सडक विस्तार गरेकोप्रति एकीकृत समाजवादीको आपत्ति


झलनाथ खनाल

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का विदेश विभाग प्रमुख झलनाथ खनालले लिपुलेकमा भारतले सडक विस्तार गरेकोप्रति आपत्ति जनाएका छन् ।

सोमबार खनालले विज्ञप्ति जारी गरी गैर कानुनी रूपमा भारतले लिपुलेकमा सडक विस्तार गरेको बताएका हुन् ।

खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपाल सरकारसँग कुनै छलफल विना गरिने विकास निर्माणको काम गैर कानुनी र नेपालको भौगोलिक अखण्डता र स्वाधीनताको गम्भीर उल्लङ्घन हो।” नेपालको भूमि लिपुलेकमा सडक बनाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइप्रति एकीकृत समाजवादीको ध्यानाकर्षण भएको खनालको भनाइ छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !