१२ बैशाख २०८१, बुधबार

देउवा सरकार चुनावमा जान डराएको अध्यक्ष ओलीको आरोप


केपी शर्मा ओली

काठमाडौं । प्रमुख प्रतिपक्षीय दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुनमा स्थानीय तहको चुनाव गर्नुपर्ने भए पनि सरकारले चुनाव गर्न नचाहेको बताएका छन् ।

संखुवासभामा आज एमाले जिल्ला अधिवेशन उद्घाटन गर्दै पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले फागुनमा स्थानीय तह निर्वाचन गर्नुपर्ने भए पनि सरकारले कुनै तयारी नगरेको आरोप लागेका छन् ।

उनले भने, “यो सरकार चुनावमा जान डराइरहेको छ। कानुनअनुसार स्थानीय तहको निर्वाचन फागुनमा गर्नुपर्ने हो तर चुनाव हुने कुनै सम्भावना छै। यो सरकारले स्थानीय तह जनप्रतिनिधिविहीन बनाउने र कर्मचारीबाट चलाउने षड्यन्त्र गर्दैछ।”

उनले स्थानीय तहको निर्वाचन नगरेर कर्मचारीलाई पहिलेजस्तै स्थानीय तह चलाउन दिन सरकारले खोजिरहेको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !