८ बैशाख २०८१, शनिबार

एमाले प्युठानको अध्यक्षमा वामदेव गौतम निकट विष्ट विजयी


एमाले

प्युठान । नेकपा एमाले प्युठानको अध्यक्षमा विजयविराज विष्ट विजयी भएका छन् । निर्वाचन समितिका अनुसार सोमबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार उनले तीन सय १४ मत ल्याएका छन् ।

अध्यक्षका अर्का प्रतिस्पर्धी नेहरसिंह केसीले एक सय ७६ मत पाए । त्यस्तैगरी उपाध्यक्षमा झगबहादुर विश्वकर्मा, सचिवमा माधव शर्मा तथा दुई सहसचिवमा श्रीधर रोका र दीपा घर्ती विजयी भएका छन् । एक नेताका अनुसार अध्यक्षमा विजयी विष्ट वामदेव गौतम निकट हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !