८ बैशाख २०८१, शनिबार

नोबेल कलेजमा अध्ययनरत विद्यार्थीले गरे तोडफोड


नोबेल मेडिकल कलेज

विराटनगर । नोबेल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले कलेजमा तोडफोड गरेका छन् । स्रोतका अनुसार कलेजले एमबीबीएस पढ्ने विद्यार्थीसँग अतिरिक्त शुल्क मागेको विरोधमा विद्यार्थी संगठन र एमबीबीएस अध्ययनरत विद्यार्थीले कलेजमा तोडफोड गरेका हुन् ।

स्रोतका अनुसार आइतबार रिले अनसनका लागि पुगेका विद्यार्थीहरुलाई नोबेल प्रशासनले रोकेपछि विद्यार्थीहरुले तोडफोड गरेका हुन् । नोबेलका सुरक्षा गार्डले लाठी प्रहार गरेपछि आक्रोशित भिडले तोडफोड गरेको स्रोतले बतायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !