८ बैशाख २०८१, शनिबार

अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री बालकोट जाने


केपी शर्मा ओली, शेरबहादुर देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जाने भएका छन् । स्रोतका अनुसार प्रधानमन्त्री देउवा संसदको गतिरोध अन्त्यका लागि ओलीलाई भेट्न उनको निवास जाने भएका हुन् ।

एक नेताका अनुसार शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले अध्यक्ष ओलीसँग संवाद गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको छ ।

बुधबार काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बालकोट ओलीलाई भेटेका थिए । पौडेलसँगको भेटमा ओलीले प्रधानमन्त्री देउवासँग संवाद गर्न चाहेको आशय व्यक्त गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !