११ बैशाख २०८१, मंगलबार

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी


सत्ता गठबन्धन बैठक

काठमाडौं । बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी छ । काँग्रेस नेता रामचन्द्र पौडेल संयोजक रहेको समन्वय समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका साथै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी रहेका छन् ।

त्यस्तैगरी महासचिव डा.बेदुराम भुसाल, कृष्णप्रसाद सिटौला, जसपा अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की, जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी रहेका छन् ।

बिहीबार बसेको समितिको बैठकमा नेता रामचन्द्र पौडेलले संसदको अवरोध हटाउने, अदालतको समस्यामा समाधान खोज्नुपर्ने लगायतका १६ बुँदे सुझाव पेश गरेका थिए । उक्त सुझावमाथि आज छलफल सुरु भएको नेताहरुले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !