कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान Nepalpatra कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान
११ माघ २०७८, मंगलबार

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान


कर्णाली प्रदेशसभा

कर्णाली । कर्णाली प्रदेशसभाको नवौँ (हिउँदे) अधिवेशन यही पुस २८ गते बस्ने भएको छ । प्रदेश प्रमुख तिलक परियारले प्रदेश सरकारको निर्णय बमोजिम नेपालको संविधान धारा १८३ (१) बमोजिम प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेशसभा बैठक पुस २८ गते बुधबार अपराह्न ३ बजे बोलाइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । यसअघि गत मङ्सिर १४ गते मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनार्थ प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !