१२ बैशाख २०८१, बुधबार

यदुलाल खरेललाई मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गर्ने मन्त्रिपरिषद बैठकको निर्णय


ज्ञानेन्द्रबहादुर कार्की

काठमाडौं । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गरेको छ । बैठकले निर्देशक खरेललाई पुस २३ गतेबाट लागू हुनेगरी मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गरेको हो ।

बैठकले आर्थिक वृद्धि तथा,उत्पादनशीलताका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन १० बिलियन, करिव १० अर्ब ३९ करोड रुपैयाँ नीतिगत ऋण सहायता स्वीकार गर्ने निर्णयसमेत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

त्यस्तैगरी आर्थिक वर्ष २०७८, ७९ बम लागि उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल पाँचसय २० रुपैयाँ निर्धारण गर्ने, नेपाल विद्युत प्राधिकरणका विभिन्न विद्युत वितरण केन्द्र र प्रशारण लाइन आयोजनाका लागि जग्गा प्राप्ति गर्ने, र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णयसमेत गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु