८ बैशाख २०८१, शनिबार

नेकपा माओवादी केन्द्रीय कार्यालयका दुई जनाबाहेक सबैलाई कोरोना संक्रमण


नेकपा माओवादी केन्द्र

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयका दुई जनाबाहेक सबैलाई कोरोना भाइरस संक्रमण भएको छ । एक नेताका अनुसार मुख्यसचिव श्रीराम ढकाल र शिव खकुरेल बाहेक केन्द्रीय कार्यालयका सबैलाई कोरोना संक्रमण भएको हो ।

कार्यालयका सचिव डोरप्रसाद उपाध्याय, एविन्द्र पराजुलीसहितलाई कोरोनाभाइर संक्रमण भएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजैबाट भेटघाट बन्द गरेका छन् । कार्यालयका सबैलाई कर्मचारीलाई कोरोना भएपछि प्रचण्डले भेटघाट बन्द गरेर आईसोलेशनमा बस्न लागेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !