१३ बैशाख २०८१, बिहिबार

मन्त्री पौडेल केएमसी कलेज पुगेर २४ घन्टाभित्र शुल्कबारे रिपोर्ट दिन निर्देशन


देवेन्द्र पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल काठमाडौं मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको उजुरी र गुनासो गरेपछि कलेज पुगेका छन् ।

कलेजले अतिरिक्त शुल्क लिएको विद्यार्थीहरूले उजुरी र गुनासो गरेपछि बुझ्न मन्त्री पौडेल आज भक्तपुरस्थित मेडिकल कलेज पुगेका हुन्।

स्रोतअनुसार मन्त्री पौडेलले कलेज प्रशासन, विद्यार्थी र जिल्ला प्रशासन कार्यालय भक्तपुरबीच छलफल गरेर कलेजले लिइरहेको शुल्कबारे भोलिसम्म रिपोर्ट पेश गर्न निर्देशन पनि दिएका छन्।

मन्त्री पौडेलले भने, “विद्यार्थीहरूले कलेजले बढी शुल्क लियो भन्ने गुनासा गरेका छन्। मन्त्रालयमा उजुरी पनि परेको छ । सञ्चार माध्यममा पनि कलेजले अतिरिक्त शुल्क लिएको खबर छ। नियमभन्दा बाहिर गएर शुल्क लिएको पाइएमा कारबाही हुन्छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !