१३ बैशाख २०८१, बिहिबार

यी हुन् एकीकृत समाजवादीद्वारा राष्ट्रियसभा निर्वाचनको उम्मेदवारहरु


माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ ।

प्रदेश नं १ बाट जयन्ती राई, वाग्मती प्रदेशबाट गोमा तिमिल्सिना, लुम्बिनीबाट राजेन्द्रलक्ष्मी गैरे, कर्णालीबाट उदय बोहरा र सुदूरपश्चिमबाट मदनकुमारी शाह (गरिमा)लाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका पोलिटब्यूरो सदस्य दिलुकुमारी पन्तले जानकारी दिइन् ।

सत्तापक्षीय गठबन्धनको हिजो बालुवाटारमा बसेको बैठकले सिट सङ्ख्याको टुङ्गो लगाएको थियो ।

यसअघि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच राष्ट्रिय सभाको रिक्त १९ सिटका लागि उम्मेदवारी दिने विषयमा सहमति भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !