७ बैशाख २०८१, शुक्रबार

वर्षमान र जर्नादनको हानथापपछि माओवादीको महासचिवको दौडमा देव गुरुङको इन्ट्री


देवप्रसाद गुरुङ फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को महासचिवमा देव गुरुङको सम्भावना बढी देखिएको छ । महासचिवका दावेदार वर्षमान पुन र जर्नादन शर्माले एकले अर्कालाई स्वीकार नगर्ने अवस्था देखिएको भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो विकल्पमा जान सक्ने संकेत गरेका छन् ।

एक नेताका अनुसार प्रचण्डले तेस्रो विकल्पमा देव गुरुङलाई महासचिव बनाउने संकेत गरेका छन् । “सिनियर र जनजाति पनि भएकाले गुरुङजी महासचिव हुने सम्भावना छ। तर अहिले यसै हुन्छ भन्न गाह्रो छ ।”, एक नेताले भने।

माओबादीले आठौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकबाट पदाधिकारी घोषणा गर्ने तयारी गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !