१३ बैशाख २०८१, बिहिबार

कांग्रेस सभापति देउवाद्वारा पौडेलसहित १० नेता केन्द्रीय सदस्यमा मनोनित


शेरबहादुर देउवा, रामचन्द्र पौडल र कृष्णप्रसाद सिटौला फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेलसहित १० जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । सभापति देउवाले वरिष्ठ नेता पौडेल, कांग्रेसका नेता प्रकाशमान सिंह, विजयकुमार गच्दारसहितका नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पौडेल, सिंह, गच्छदारसँगै विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, सुजाता कोइराला, उमा रेग्मी र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्यमा मनोनित गरिएको जानकारी दिएका हुन् ।

कांग्रेसका सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम यी १० जनालाई केन्द्रिय सदस्यमा मनिनित गरेका हुन् । काँग्रेस केन्द्रीय सदस्यमा मनोनित हुनेहरुमा केही काँग्रेस महाधिवेशनमा भएको निर्वाचनमा पराजित भएका र केही उम्मेद्वारी नदिएका नेताहरु रहेका छन्

कांग्रेस विधानमा ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्ने प्रावधान अनुसार देउवाले शनिबार १० जनालाई मनोनित गरेका हुन् । काँग्रेसको चौधौँ महाधिवेशन समाप्त भएसँगै पार्टी सभापति देउवाले केन्द्रीय कार्यसमितिमा १० जनालाई मनोनयन गरेका हुन् ।

कांग्रेस सभापति देउवाद्वारा पौडेलसहित १० नेता केन्द्रीय सदस्यमा मनोनित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !