७ बैशाख २०८१, शुक्रबार

नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच आज पार्टी एकता हुँदै


एकीकृत समाजवादी र जनवादीबीच पार्टी एकता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) पार्टीबीच आज पार्टी एकता हुँदैछ । आज मंगलवार मध्यान्ह साढे १२ बजे काठमाडौंको राष्ट्रिय सभागृहमा एक कार्यक्रमकाबीच पार्टी एकता घोषणा हुन लागेको हो ।

एकीकृत समाजवादीले सामाजिक संजाल फेसबुक पेजमार्फत् दुई पार्टीबीच एकता हुन लागेको जानकारी दिएको हो । एकता घोषणा कार्यक्रमलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा जनवादीका महासचिव देवन्द्रसिंह महता (डीएस महता) लगायत नेताले सम्बोधन गर्नेछन् ।

२०६२ सालमा जुनयुद्धकै बेला तत्कालिन नेकपा माओवादीबाट विद्रोह गरेको चुङवाङ बैठकबाट प्रचण्डको कार्यदिशामा असहमति जनाउँदै नेकपा (जनवादी) पार्टीले विद्रोह गरेको थियो । सोही वर्ष तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको माओवादीबाट विद्रोह गरेकाहरुले नेकपा (जनवादी) को नाममा राजनीतिक गतिविधि गर्दै आएका थिए ।

नेकपा जनवादी नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीबाट अलग भई २०७७ मा भूमिगत रूपमा संगठित भएको पार्टी थियो । सरकारसँग शान्ति वार्ता सम्झौता भएसँगै मूलधारको राजनीतिमा प्रवेश गरेको नेकपा जनवादी मंगलबार एकीकृत समाजवादीमा विलय हुन लागेको हो ।

नेकपा जनवादीको नेतृत्व गरिरहेका महतासहित जानुका श्रेष्ठ, हिमालचन्द्र खरेल, साधुराम चौंलागाई, श्यामबहादुर बूढा, छत्र लाखे, विनोद थापा, मिना गिरी लगायतका नेताहरु एकीकृत समाजवादीमा मिल्न लागेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !