१३ बैशाख २०८१, बिहिबार

सञ्चारमन्त्रीको दावी : देशलाई विकासको बाटोमा अग्रसर गराउने सरकारको नीति छ


ज्ञानेन्द्रबहादुर कार्की

इनरुवा । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशलाई विकास निर्माणमा अग्रसर गराउने वर्तमान सरकारले नीति लिएको बताएएका छन् ।

सुनसरीको हरिनगर गाउँपालिका-२ नरकटियामा बाटोको शिलान्यास गर्दै मन्त्री कार्कीले जनतालाई अधिकार सम्पन्न बनाएर देशलाई विकासमा अग्रसर बनाउने वर्तमान सरकारले नीति लिएको र सोहीअनुसार कार्य गरिरहेको उल्लेख गरे ।

जनचहनाअनुसार नै तीन तहको सरकारले देशमा भएको बेरोजगारी र गरिबी अन्त्य गर्नुपर्नेमा जोड दिदै उनले त्यो दायित्व पूरा गर्न नसक्ने व्यक्तिले नेतृत्व गर्न नसक्ने दाबी गरे ।

पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएका बेलामा देशमा कोरोना खोपको अभाव भएकामा अहिले त्यो समस्या समाधान भएर गएको र प्रर्याप्त मात्रामा खोप आपूर्ति भएको मन्त्री कार्कीको भनाइ थियो । वर्तमान सरकारले देशलाई छिटोभन्दा छिटो समृद्धिको बाटोमा अगाडि बढाउन काम गरिरहेको उनले उल्लेख गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !