८ बैशाख २०८१, शनिबार

नेकपाको एकता जोगाउन नसकेकोमा पछुतो लागेको छ : शंकर पोखरेल


शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले तत्कालीन नेकपाको एकताको जोगाउन नसक्दा आफूलाई पछुतो लागेको बताएका छन् । माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा पार्टीको तर्फवाट शुभकामना दिंदै महासचिव पोखरेलले एमाले र माओवादी केन्द्र मिलेर नेकपा बन्नु कुनै गलत नभएको स्पष्ट पारेका छन् ।

पोखरेलले नेपालको वामपन्थी आन्दोलन सही दिशामा नभएको पनि टिप्पणी गरेका छन् । जनतामा जाने काम प्रतिगमन नभएको भन्दै उनले नेकपा एकता टुटे पनि जनतामा जान सक्नुपर्ने बताए ।

उनले कार्यनीतिमा देखिएको भिन्न मतका कारण वामपन्थी आन्दोलन गलत दिशामा गएको बताएका हुन् । उनले अघिल्लो आम निर्वाचनमा एमाले र माओवादी मिलेर जनताको विश्वास जितेपनि एकता जोगाउन नसकिएको बताए ।

उनले राष्ट्रिय स्वाधीनता र परराष्ट्र मामिलाका सन्दर्भमा नेपालका सबै राजनीतिक दलहरु एकै कित्तामा उभिनुपर्नेमा बताए । ७ दशकदेखि नेपालमा पटक-पटक राजनीतिक क्रान्ति भएनपनि परिवर्तनको प्रत्याभूति दिलाउन नसकिएको स्वीकार गरे ।

पोखरेलले नेकपाभित्र विवाद उत्कर्षमा पुगेका कारण जनमत खण्डित भएको दावी गर्दै नेकपाले प्राप्त गरेको जनमत खण्डित भएपनि जनतामा जाने कुरा स्वभाविक रहेको उनको तर्फ थियो ।

उनले हालसम्म राज्यमा भएको उपलब्धि कुनै एक दलले दिलाएको उपलब्धि मात्र नभएको पनि बताए । उनले १२ बुँदे सहमति दोस्रो जनआन्दोलन संविधान निर्माण र संघीयताको विजारोपण सामूहिक प्रयासमा भएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !