६ बैशाख २०८१, बिहिबार

वाग्मती प्रदेशमा ६ मन्त्री थपेर मन्त्रीको संख्या १८ पुर्याइयो


मुख्यमन्त्रीको कार्यालय वाग्मती प्रदेश

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् । वाग्मतीमा आज ६ जना नयाँ मन्त्री थपेर मन्त्रीको संख्या १८ पुर्याइएको छ । आज ३ जना मन्त्री र ४ जना राज्यमन्त्री गरी ६ जना मन्त्री थपिएका हुन् । थपिएका सवै मन्त्रीहरु सत्तारुढ दल नेपाली कांग्रेसको तर्फबाट हुन् ।

आज थपिएका मन्त्रीहरूमा दीपेन्द्र श्रेष्ठले पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन् भने बलराम पौडेलले भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र मिलनबाबु श्रेष्ठले उद्योग वाणिज्य मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

यस्तै ३ जना थपिएका राज्यमन्त्रीहरुमा रजनी अमात्य जोन्छे उद्योग राज्यमन्त्री, कल्पना नेपाली स्वास्थ्य राज्यमन्त्री तथा सन्त चेपाङले भौतिक मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !