१३ बैशाख २०८१, बिहिबार

मन्त्रिपरिषद बैठक सकियो, के-के भयो निर्णय ?


मन्त्रिपरिषद

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले क्रिश्चियन धर्मालम्वीहरुको चाड क्रिश्मसको अवसरमा शनिबार सार्वजनिक विदा दिने घोषणा गरेको छ । बैठकले शनिबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

सरकारको प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बिहीबार बसेको बैठकले विभिन्न ७ विषयमा निर्णय गरिएको जानकारी दिए । मन्त्रिपरिषद बैठकको निर्णयहरु औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ५ (१) बमोजिम औद्योगिक तथा लगानी कोष स्थापना गर्ने, विद्यायन व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृती गर्ने निर्णय भएको छ।

क्रिसमसडेका अवसरमा शनिबार सार्वजनिक विदा दिने, संगठन तथा व्यवस्थापन सर्वेक्षणका लागि पूर्व स्वीकृती दिने, राष्ट्रिय परीक्षा वोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने, जिल्ला सभा रुपनदेहीको जग्गा रोहिणी गाउँपालिकाको नाममा हक हस्तानान्तरण गर्न स्वीकृती दिने र हुलाक बस्तुको दररेट पुनारावलोकन गर्न स्वीकृती दिने, वैदेशिक द्रुत डाकसेवा महसुल पुर्नावालोकन गर्ने निर्णय भएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !