१३ बैशाख २०८१, बिहिबार

माओवादी केन्द्र र मसाल (सम्पर्क केन्द्र) बीच आज पार्टी एकता हुँदै


पार्टी एकता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल (सम्पर्क केन्द्र) बीच आज शुक्रबार एकता हुँदैछ । सार्वजनिक गरिएको सूचनाअनुसार आज मध्यान्ह १२ बजे काठमाडौंको त्रिपुरेश्वरमा पार्टी एकता घोषणासभा गरी दुई दलबीच एकता गरिने भएको हो ।

मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालबाट विद्रोह गरी फुटेर बनेको नेकपा मसला (सम्पर्क केन्द्र) ले माओवादी केन्द्रसँग पार्टी एकता गर्न लागेको हो । राजनीतिक एजेन्डाप्रतिको दृष्टिकोण तथा नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभारबारे विवाद भएपछि मसालबाट अलग्गिएको समूहले नेकपा मसाल (सम्पर्क केन्द्र) गठन गरेको हो ।

विद्रोही समूह (सम्पर्क केन्द्र) ले ३९ जिल्लामा आफ्नो संगठन विस्तार गरिसकेको बताइएको छ । साथै उक्त समूहले सुदूरपश्चिम, कर्णाली, वागमती, लुम्बिनी, लगायतका प्रदेशका जिल्लामा पनि संगठन विस्तार गरेको बताएको छ ।

यसैबीच नेकपा मसालका महामन्त्री सिंहले भने बिहीबार विज्ञप्ति जारी गरेर उनीहरूलाई मूल पार्टीमै फर्किन आग्रह गरेका छन् । महामन्त्री सिंहले पार्टीबाट विद्रोह गरेर जानेहरुलाई ‘पुरोहितका गाईहरू’को संज्ञा समेत दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !