६ बैशाख २०८१, बिहिबार

मलाई त रिटायर हुन मन छ : अध्यक्ष प्रचण्ड


प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्ववाट आफूलाई रिटायर हुन मन लागेको बताएका छन्। पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले नेतृत्वमा बसिरहने आफ्नो चाहना नभएको समेत बताएका छन् ।

अध्यक्ष प्रचण्ड न्युज एजेन्सी नेपालसँगको बोल्दै माओवादीलाई पनि बुर्जुपा पार्टी बनाउन चाहनेहरुले मात्र आफ्नो विरोध गरेको बताए । आफू पार्टी नेतृत्व छाड्ने चाहना हुँदाहुँदै बस्नु परिरहेको उनले टिप्पणी गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !