११ बैशाख २०८१, मंगलबार

रञ्जु दर्शनाले आखिर किन छोडिन् विवेकशील साझा पार्टी ?


रञ्जु दर्शना

काठमाडौं । बिगतमा काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवार बनेकी युवा नेत्री रन्जु दर्शना विवेकशील साझा पार्टी छोडेकी छन् । उनले सो पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएकी हुन् ।

आज बिहीबार उनले अध्यक्ष रवीन्द्र मिश्रलाई सम्बोधन गर्दै इमेल र पत्र पठाएर पार्टीको सम्पूर्ण जिम्मेवारी र पदबाट अलग भएको घोषणा गरेकी छन् । आखिर रञ्जु जस्ती जुझारु युवा नेत्रीले विवेकशील साझा पार्टी किन छोडिन् ? भनेर राजनीतिक वृत्तमा चासो बढेको छ ।

उनले अध्यक्ष मिश्रलाई लेखेको पत्रमा भनेकी छन्, ‘मिति २०७८ पौष ८ गतेबाट अन्य कुनै राजनीतिक निर्णय नलिएसम्म एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिक रूपमा सक्रिय रहनेछु ।’

उनले अध्यक्ष मिश्रलाई लेखेको पत्रअनुसार पार्टीको मूल नेतृत्व ढोंगी भएको भन्दै विवेकशील साझा पार्टी परित्याग गरेको स्पष्ट बताएकी छन् । आज बिहीबार एक विज्ञप्तिमार्फत दर्शनाले पौष ८ गतेबाट अर्को निर्णय नलिएसम्म स्वतन्त्र नागरिकको भूमिकामा रहने स्पष्ट गरेकी हुन् ।

उनले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओडेर नेतृत्वले पार्टीमा फोहोर गरिरहेको आरोप लगाएकी छन् । पार्टीभित्रको फोहोर सफा गर्ने प्रयास गर्दै आएपनि त्यसलाई सफा गर्न नसकिने देखिएको उनको भनाइ छ ।

उनले आफ्नो वक्तव्यमा विवेकशील साझा पार्टीभन्दा माथि देश हुने पनि बताएकी छन् । उनले पार्टीको जग असली हालेको भएपनि तला थप्ने क्रममा कमसल बन्न पुगेको टिप्पणी पनि गरेकी छन् ।

पार्टी संयोजक मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको तेस्रो दिन दर्शनाले पार्टी परित्याग गरेकी हुन् । तत्काल कुनै पार्टीमा नजाने बताएकी उनले आफू एक सचेत स्वतन्त्र नागरिकको भूमिमा रहने जानकारी दिएकी छन् ।

यस्तो छ रन्जु दर्शनाले पार्टीमा पठाएको पत्र

यस्तो छ रन्जु दर्शनाले पार्टीमा पठाएको पत्रयस्तो छ रन्जु दर्शनाले पार्टीमा पठाएको पत्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !