१३ बैशाख २०८१, बिहिबार

प्रतिनिधिसभा विघटन षडयन्त्रलाई सामना गर्न प्रयोग गरिएको रणनीति : महासचिव पोखरेल


शङ्कर पोखरेल फाइल फोटो

दाङ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव तथा पुर्वमुख्यमन्त्री शंकर पोखरेलले प्रतिनिधि सभा विघटनलाई राजनीतिक दलहरुमा देखापरेको विरोध, कुण्ठा र षडयन्त्रलाई सामना गर्न प्रयोग गरिएको रणनीति भनेका छन् ।

प्रेस चौतारी दाङको नवौं अधिवेशनको उट्घाटनमा बोल्दै महासचिव पोखरेलले त्यसलाई ‘लोकतन्त्रको सुन्दर पक्ष’ रहेको बताए ।

“जब राजनीतिक दलहरु गलत बाटोमा जान्छन् । जनताले दिएको जनादेशको अवज्ञा गर्छन्, त्यस्तो अवस्थामा फेरि जनताकाबीचमा जाने कुरा लोकतन्त्रको सुन्दर पक्ष हो,”, उनले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !