८ बैशाख २०८१, शनिबार

माओवादी केन्द्र वाग्मती प्रदेश अध्यक्षमा पौडेल विजयी


काठमाडौं । नेकपा माओवादी केन्द्र वाग्मती प्रदेश कमिटीको अध्यक्षमा सरल सहयात्री पौडेल विजयी भएका छन् । प्रतिद्वन्द्वी दिनानाथ गौतमलाई पछि पार्दै पौडेलले १६२ मत ल्याएर विजयी भएका हुन् ।

गौतमले ८६ मत ल्याएका छन् । स्रोतका अनुसार उपाध्यक्षमा रुपा महर्जन, रामप्रसाद ढुंगाना र प्रेमबहादुर पुलामी निर्वाचित भएका छन् । त्यस्तैगरी सचिवमा इन्द्रबहादुर थिङ (छिन्ताङ)ले १४९ मत प्राप्त गरी विजयी भएका छन् ।

त्यस्तैगरी सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ विजयी भएका छन् । कोषाध्यक्षमा संगीता भट्टराई निर्वाचित भएकी छिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !