१३ बैशाख २०८१, बिहिबार

सर्वदलीय बैठक : संसदको गतिरोध अन्त्य र एमसीसी मुख्य एजेण्डा


सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक जारी रहेको छ । आज आइतबार अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले बैठक बोलाएको बैठक जारी रहेको हो ।

बालुवाटार विशेष स्रोतका अनुसार जारी सर्वदलीय बैठकमा संसदको गतिरोध अन्त्य र मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी मुख्य एजेण्डा रहेको बताइएको छ । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा बैठक सञ्चालन र एमसीसी सम्बन्धी सम्झौता अनुमोदनको विषयमा संसदमा भएका दलहरुसँग छलफल जारी राखेका हुन् ।

प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार सर्वदलीय बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुको उपस्थिति रहेको छ । यद्यपि प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा नेकपा (एस) सहभागी हुने भएकोले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले उक्त बैठक बहिस्कार गरेको छ ।

प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष। पुष्पकमल दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट झलनाथ खनाल, जनता समाजवादी पार्टीबाट सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु सहभागी भएका थिए ।

यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बस्नुअघि सत्‍ता गठबन्धनको बैठक पनि बसेको थियो । सर्वदलीय बैठकमा पेश हुने एजेन्डाको बारेमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बसेको थियो ।

यो पनि पढ्नुहोस्

बालुवाटारमा प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठक शुरु

प्रधानमन्त्री निवास बालुवाटारमा सत्‍ता गठबन्धनको बैठक जारी

बालुवाटारमा सर्वदलीय बैठक बस्नुअघि किन सत्‍ता गठबन्धनको बैठक बस्‍दैछ ?

माधव नेपाल सहभागी हुने सर्वदलीय बैठकमा केपी ओली नजाने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !