८ बैशाख २०८१, शनिबार

बालकृष्ण खाँणले ल्याए तेस्रो लोकप्रिय मत


बालकृष्ण खाँण फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको खुला केन्द्रीय सदस्यतर्फमा शशांक कोइरालाले सर्वाधिक मत पाएका छन् । निर्वाचन समितिका अनुसार २९९३ मतगणना सकिँदा कोइरालाले सर्वाधिक २४४२ मत पाएका छन् ।

निर्वाचन समितिका अनुसार एनपी साउदले १८९६, बालकृष्ण खाँणले १८५१, उदयशमशेर राणा १८०८, तथा रमेश लेखक १७८२ मत पाएका छन् ।

यस्तै शंकर भण्डारी, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, अर्जुननरसिंह केसी र जीपछिरिङ लामाले क्रमशः छैटौं, सातौँ, आठौँ, नवौँ र दशौँ सर्वाधिक मत पाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !